साधारण सभाको कार्यविधि/कार्यसूची सम्बन्धि सूचना
श्री सम्पुर्ण शेयरसदस्य ज्यहरुु ,
पवित्र लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि
का म न पा। २८ बागबजार ।।
विषय ः सत्रौ वार्षिक साधारण सभामा उपस्थित हुने बारे ।
प्रस्तुत विषयमा यस पवित्र लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०८३–०४–०६ मा बसेको संचालक समितिको ४५६ औँ बैठकको निर्णय अनुसार संस्थाको सत्रौ वार्षिक साधारणसभा निम्नलिखित मिति, समय र स्थानमा निम्नलिखित बिषय उपर छलफल तथा निर्णय पारित गर्न बस्ने भएकोले उक्त मिति समय र स्थानमा यहाँको गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ ।
क. मिति, समय र स्थान ः–
मिति २०८३ भाद्र २० गते शनिबार ।
समय बिहान १०ः०० बजे ।
स्थान ः क्वालिटी व्यङ्क्वेट बुद्धनगर, काठमाण्डौँ ।
ख. साधारणसभामा छलफलका बिषयहरु ः–
१ संचालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा २ संचालक समितिको तर्फबाट कोषाध्यक्षज्युको प्रतिवेदन प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा ।
३लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक ज्युको प्रतिवेदन प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा ।
४ आर्थिक बर्ष २०८२÷०८३ को संस्थाका लेखापरिक्षकले तयार गर्नुभएको लेखा परिक्षण प्रतिवेदन अनुमोदन गर्ने सम्बन्धमा ।
५ आर्थिक बर्ष २०८३÷०८४ का लागी लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
६ शेयर पूजी बृद्धि गर्ने सम्बन्धमा ।
७ संस्थाको र्काय क्षेत्र विस्तार गर्ने सम्बन्धमा ।
८ साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि चयन गर्ने सम्बन्धमा ।
९ संचालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा बिघटन गर्ने सम्बन्धमा ।
१० विविध ।