बाढी पीडितहरूका लागि सहयोग
मानवियता को हात , बिपत्तिमा एकसाथ !!
रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिले हामी सबैलाई स्तब्ध बनाएको छ ।
यस दुःखद घडीमा बाढी प्रभावित परिवारहरुको राहत ,उद्धार तथा पुन:स्थापनामा सघाउने उदेश्यले पवित्र लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि को संचालक समितिको २०८३-०५-१५ को निर्णय अनुसार शेयर सदस्य ,संचालक समिति /उप–समिति , कर्मचारी तथा संस्थाको संयुक्त योगदानबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.३,००,०००/-(तिन लाख रुपैँया) सहयोग गर्ने निर्णय गरेको छ ।
विपतमा पिडितको पीडा हाम्रो पनि पिडा हो भन्ने महसुस गर्दै कठिन समयमा एकअर्काको साथ नै मानवताको सुन्दर परिचय भएकाले सबैलाई सहयोग, सदभाव र मानवीय सेवाको भावनासहित यस विपतमा सबैले आ–आफ्नो ठाउँबाट हातेमालो गर्न हार्दिक अपिल गर्दछौ ।
बाढिमा ज्यान गुमाउनुहुने सम्पुर्णप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दर्छौ । बेपताहरुको शीघ्र खोजी तथा घाईतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्दर्छौ । धन्यवाद ।
पवित्र लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि परिवार
बागबजार ,काठमाडौ